विकिपिडिया:विकिपीडिया शब्दकोश होइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया शब्दकोश होइन या कुनै शब्दको विवेचना, शब्द प्रयोग, शब्द उत्पत्ति वा व्याकरण बुझाउने थलो होइन । यस विपरीत विकिपिडिया ज्ञानकोश हो । विकिमिडियाको अन्य भातृ परियोजना विकिस्नरी शब्दकोश हो

विकिपिडियाका लेखहरू लेखको विषयको मुख्य जानकारी (Defintion) बाट सुरु हुन्छन् र अन्य जानकारीहरू बताउँदैँ जान्छन् । विकिपिडियाका लेखहरू व्यक्ति, समूह, स्थान, घटना, वस्तु, विचार वा कुनै ठोस विषयका बारेमा हुन्छन् । यहाँ शब्दको बयान गरि उखान-टुक्का, अर्थ र प्रयोग, शब्दको ईतिहास जस्ता विषयमा भने लेखिदैँन र लेख्नुहुदैँन ।

विकिपिडियाका लेखहरूमा शब्दको अलिकति जानकारी (जस्तै: शब्दको "उत्पत्ति" उपशीर्षक) को बारे लेखिए पनि विकिपिडियाको पूर्ण उद्देश्य भने होइन । यदि लेखका विषय व्याकरण र भाषा सम्बन्धि भए पनि विकिपिडियामा उक्त लेखका विषयमा सम्पूर्ण जानकारी समावेश गर्ने प्रयास गरिएका हुन्छन् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]